राजनीति


जसपा विभाजन: निर्वाचित जनप्रतिनिधिले जेठ १३ भित्र आफू आबद्ध दलको सनाखत गर्नुपर्ने

जसपा विभाजन: निर्वाचित जनप्रतिनिधिले जेठ १३ भित्र आफू आबद्ध दलको सनाखत गर्नुपर्ने

फाइल तस्बिर


नेपालखबर
बैशाख २५, २०८१ मंगलबार ११:३२, काठमाडौँ

निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट निर्वाचित जनप्रतिनिधिलाई आगामी जेठ १३ गतेभित्र सनाखत गर्न निर्देशन गरेको छ। 

आयोगले मंगलबार सूचना जारी गर्दै प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी जेठ १३ गतेभित्र तोकिएको कार्यालयमा गएर आफू आबद्ध दलको सनाखत गर्न भनेको हो। 

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको अध्यक्षमा नयाँ दल गठन भएको छ। निर्वाचन आयोगमा दर्ता भएको राई नेतृत्वको दलको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। 

कुनै पनि राजनीतिक दल विभाजन हुँदा सम्बन्धित दलबाट निर्वाचित जनप्रतिनिधिले आफू कुन दलमा आबद्ध हुने हो, त्यसको व्यहोरा खुलाएर सनाखत गर्नुपर्ने व्यवस्था राजीनिति दल सम्बन्धि ऐनमा छ। 

‘आगामी जेठ १३ गतेभित्र प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा गई जिल्ला निर्वाचन अधिकारी समक्ष आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र साथमा लिई सनाखतका लागि स्वयं उपस्थित हुनु होला,’ आयोगले जारी गरेको सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .