राजनीति


उपेन्द्रजीले विधान कुल्चँदा पार्टी विभाजनको परिस्थिति आयो : अशोक राई

उपेन्द्रजीले विधान कुल्चँदा पार्टी विभाजनको परिस्थिति आयो : अशोक राई

नेपालखबर
बैशाख २३, २०८१ आइतबार १९:४४, काठमाडौँ

जनता समाजवादी पार्टी फुटाउन नेतृत्व लिएका अशोककुमार राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीका कारण पार्टी फुटाउनुपर्ने परिस्थितिमा पुगेको स्पष्टीकरण दिएका छन्। 

आइतबार दिउँसो निर्वाचन आयोग पुगेर ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधिकारिकता पेस गरेपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। 

पार्टीको महाधिवेशन सँघारमा आएको र त्यसमा निष्पक्षता नहुने देखेपछि पार्टी फुटाउने निर्णयमा पुगिएको पनि उनले बताए। 

‘पार्टी महाधिवशेनको सँघारमा छ। महाधिवेशन जसरी स्वच्छ, निष्पक्ष ढंगले अघि जानुपर्ने हो, त्यसको विश्वास हामीमा उत्पन्न हुन सकेन। अरू धेरै नेताहरूमा पनि त्यो अवस्था छ,’ उनले भने। 

उनले अघि थपे, ‘पार्टी महाधिवेशनजस्तो संवेदनशील संस्था आयोजना गर्दा सबैलाई समेटेर, छलफल गरेर जानुपर्ने थियो। तर हतारो मात्रै गर्ने र असंवैधानिक ढंगले विधानमा भएका व्यवस्थालाई कुल्चेर अघि बढ्ने कुचेष्टा भएपछि यसलाई सहनु उपयुक्त हुँदैन भनेर यो कदम लिइएको हो।’

उनले सरकार फेरबदलमा आफूहरू कारक नबन्ने पनि बताए। 

‘उपेन्द्रजीको कार्यशैलीसँगको असहमति र भिन्नताले यो कदम आएको हो,’ उनले भने, ‘हामी अस्थिरताका कारक बन्दैनौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .