ad ad

राजनीति


सरकार सबै नेपालीको हुन सकेन : बडू

सरकार सबै नेपालीको हुन सकेन : बडू

नेपालखबर
फागुन ७, २०७६ बुधबार ११:२५,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन्।

प्रेस युनियन अछामले बुधबार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ।’

नेता बडूले भ्रष्टाचारीलाई कारबाही गर्नमा कांग्रेसको विरोध नभएको तर कानूनको प्रयोग विभेदपूर्ण भएकामा कांग्रेसको गम्भीर आपत्ति रहेको बताउँदै न्यायालयले सही र गलत छुट्याउला तर त्यहाँ पु¥याउने बाटो नै गलत भएको उनको भनाइ थियो।

सरकारले ल्याउने विकास बजेट सन्तुलित खालको नभएको भन्दै सुदूरपश्चिमको विकासका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे। पश्चिम सेती, अपर कर्णालीजस्ता आयोजना समयमै बन्नुपर्ने उनको धारणा छ।

नेता बडूले एमसीसी नेपालको विकासका लागि भएको बताउँदै प्रजातन्त्र संस्थागत गर्न विकास र समृद्धि पहिलो आवश्यकता रहेको बताए। कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न किन नसकेको भन्ने पत्रकारको प्रश्नमा बडूले सरकारका गलत कामको विरोध रचनात्मक रुपमा भइरहेको र कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निभाइरहेको प्रतिक्रिया दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .