ad ad

राजनीति


त्रिभुवनलाई सम्झँदैमा गणतन्त्र ढल्दैनः कमल थापा

त्रिभुवनलाई सम्झँदैमा गणतन्त्र ढल्दैनः कमल थापा

नेपालखबर
फागुन ७, २०७६ बुधबार ११:१२,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सद्भाव, सहिष्णुता र उदारताको अभावमा प्रजातन्त्र बलियो हुन नसक्ने बताएका छन्।

आज राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित प्रवचन गोष्ठीमा बोल्दै थापाले २०६२/०६३ को राजनीतिक परिवर्तन पछि २००७ सालको क्रान्तिलाई अबमुल्यन र गलत व्याख्या गर्ने प्रयास भएकोमा आपत्ति प्रकट गरे। प्रजातन्त्रको निमित्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्वर्गीय राजा त्रिभुवनको विषयमा एक शब्द पनि खर्च गर्न आवश्यक नठान्नेहरुले इतिहासको सम्मान गर्न नसक्ने थापाको दाबी थियो।

‘आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिने राज्यका प्रमुख व्यक्तिहरुको शुभकामना सन्देश हेरेँ, प्रजातन्त्रलाई बल पुर्याउने युगपुरुष राजा त्रिभुवनको नाम समेत उच्चारण गरिएको देखियन’ थापाले भने, ‘राजा त्रिभुवनको स्मरणले गणतन्त्र कमजोर हुँदैन।’

निषेध गर्ने संकिर्ण मानसिकताले इतिहासप्रती न्याय नहुने थापाको भनाई थियो। इतिहास बिर्सनेहरुले आफ्नो पनि इतिहास सुरक्षित राख्न नसक्ने हुँदा त्यसतर्फ हेक्का राख्न उनको सुझाब थियो।

प्रजातन्त्र सित्तैमा खान पाउने ‘लन्च’ नभएकोले यसको निमित्त ‘मूल्य’ चुकाउनु पर्छ भन्दै थापाले राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक रुपान्तरण नभए परिवर्तन दिगो र टिकाउ नहुने बताए।

कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले प्रजातन्त्र बोलिमा मात्र सिमित भएको व्यबहारमा कहि नदेखिएको भन्दै प्रजातन्त्रको जामा भिरेर मनपरितन्त्र र सर्बसत्ताबादको बाटोमा मुलुकलाई हिडाउने प्रयास भैरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .