ad ad

राजनीति


सहिदको बलिदान केही दर्जन नेताहरुको जीवन बदल्नका लागि मात्रै होइन : गुरुङ

सहिदको बलिदान केही दर्जन नेताहरुको जीवन बदल्नका लागि मात्रै होइन : गुरुङ

नेपालखबर
फागुन ७, २०७६ बुधबार १०:२५,

नेपाली कांग्रेसका नेता धनराज गुरुङले सहिदको बलिदान केही दर्जन नेताहरुको जीवन बदल्नका लागि मात्रै नभएको बताएका छन्।

प्रजातन्त्र दिवासको अवसर पारेर सामाजिक सञ्जालमार्फत नेता गुरुङले प्रजातन्त्रको जगमा टेकेर गणतन्त्रसम्म आइपुगे पनि प्रवृत्ति भने बदल्न नसकेको बताएका हुन्। उनले पटक पटक व्यवस्था बदलिएको र प्रवृत्ति भने यथावत नै रहेको उल्लेख गरेका छन्।

‘निरंकुश राणा शासनको अन्त्यगरी नेपाललाई नयाँ युगमा प्रवेश गराएको दिन प्रजातन्त्र दिवस। यसैको जगमा उभिएर गणतन्त्रसम्म आइपुग्यौं’, सामाजिक सञ्जाल ट्विटरमा नेता गुरुङले लेखेका छन्, ‘पटक–पटक व्यवस्था बदल्यौं तर भ्रष्ट प्रवृत्ति कहिल्यै बदल्न सकेनौं। सहिदको बलिदान केही दर्जन नेताहरुको जीवन बदल्नका लागि मात्रै होइन। चेत कहिले खुल्ने?’

नेता गुरुङले पटकपटक भएका परिवर्तनले केही नेताको जीवनशैली मात्रै परिवर्तन गरेको र जनताको जीवनस्तर उनी रहेको भन्दै सचेत हुन आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .