भारतमा घरजग्गा विक्रिको व्यापारमा संलग्न उनी ट्रम्पलाई पूजा गरेकै कारण आफ्नो व्यवसाय फस्टाएको विश्वास गर्छन्।
बुसा कृष्णले ट्रम्पको सानो मन्दिर नै खडा गरेका छन् जहाँ उनी दैनिक पूजा गर्छन्।
उनी प्रार्थनामा ‘आइ लभ यु ट्रम्फ, जय ट्रम्प, जय जय ट्रम्प’ भन्छन्।
फेब्रुअरीको २४ तारिखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमण गर्दैछन्।
ट्रम्पले भारतको भ्रमण गर्ने पक्का भएपछि यतिबेला बुसा कृष्णले ट्रम्पको पूजा गर्ने गरेको विषय भारतभर चर्चित बनेको छ।
भारतमा मात्र नभएर यस समाचार अन्तर्राष्ट्रिय संचारमाध्यममा पनि छाएको छ।
तेलंगणाका बुसा कृष्ण रोयटर्ससँग भन्छन्,‘मैले ट्रम्पलाई गर्ने प्रेम भक्तिमा परिणत भयो। जसले मलाई अत्याधिक खुशी दिएको छ। त्यसैले मैले भगवानलाई पुज्न छाडेर ट्रम्पलाई पूजा गर्न थाले।’ एजेन्सी
भिडियो
— AFP news agency (@AFP) February 19, 2020VIDEO: A Donald Trump superfan honours the American President with prayers ahead of his trip to India pic.twitter.com/qeg7woqp9W
प्रतिक्रिया