राजनीति


अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान बिस्तार गरेका छौँ : प्रधानमन्त्री

अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान बिस्तार गरेका छौँ : प्रधानमन्त्री

नेपालखबर
फागुन ७, २०७६ बुधबार ६:५६,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्व व्यवस्थापन भई देश आर्थिक तथा सामाजिक रुपान्तरणको दिशामा अगाडि बढेको बताएका छन्।

७० औँ प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सिम्बोधन गर्दै प्रधानमनत्री ओलीले नेपालले मौलिक विधि अपनाएर द्वन्द्वको व्यवस्थापन गरेको बताए।

उनले आफ्ना समस्याको हाल आफैँ गर्ने प्रवृत्तिले अन्तर्राष्ट्रिय जगतमा नेपालको क्षमता प्रदर्शित भएको बताए। ‘आफ्ना समस्या आफैं हल गर्ने अठोटका साथ थालिएको हाम्रो यस कार्यले आफ्ना समस्या आफैं हल गर्न सक्ने हाम्रो क्षमता प्रदर्शित भएको छ’, उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान विस्तार गरेका छौं, हामीप्रति विश्वजगतको ध्यानाकर्षण भएको छ, हामी विश्वमञ्चमा देखिन र सुनिन थालेका छौं।’

प्रधानमन्त्री ओलीले यसबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिष्ठा र गरिमा बढेको दावी गरे।

प्रधानमन्त्री ओलीले सरकारको समृद्धिको यात्रालाई रोक्न प्रयास भइरहेको बताउँदै सरकारले त्यसलाई परास्त गरेर अगाडि बढ्ने बताए। उनले देश बदल्ने अठोटसाथ अघि बढ्दैगर्दा केही नकारात्मक प्रवृत्तिको अवरोध पनि सहनु परेको बताए।

‘देशलाई बदल्ने अठोटसाथ अघि बढ्दै गर्दा केही नकारात्मक प्रवृत्तिको अवरोध पनि सहनु परेको छ। तर, दलीय आग्रहले लोकतन्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुनुहुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘समाजमा एउटा प्रवृत्तिगत चारित्रिक सहउत्पादन भइरहेको देखिन्छ– विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्ताहरुलाई निरुत्साहित पार्ने, विकास प्रयासहरमा व्यवधान गर्ने। यस्ता प्रयासहरुलाई हामीले कामद्वारा नै पराजित गरिरहेका छौं।’

उनले लोकतान्त्रिक प्रणालीलाई दशकौंको समय लगाएर सुदृढ गरेका र विकासमा सयौं वर्ष लगानी गरेका मुलुकहरूसँग तुलना गर्ने प्रगति नेपालले गर्न नसके पनि त्यसको थालनी भइसकेको र त्यो तीव्र रुपमा अगाडि बढेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad