राजनीति


मिश्रको कटाक्षः कतारका राजालाई ‘योर मेजेस्टी’ भनेर कुन मुखले सम्बोधन गर्छन् होला?

मिश्रको कटाक्षः कतारका राजालाई ‘योर मेजेस्टी’ भनेर कुन मुखले सम्बोधन गर्छन् होला?

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र कतारका राजा शेख तमिम बिन हमाद अल थानी


नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १०:६, काठमाडौँ

आज (मंगलबार) कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी नेपाल (काठमाडौँ) आउने भएपछि एकपछि अर्का राजावादीहरूले गणतन्त्रवादीहरूलाई कटाक्ष गरिरहेका छन्। 

यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बिहानै सामाजिक सञ्जालमा एउटा व्यंग्यपूर्ण पोस्ट गरेका छन्। 

उनले लेखेका छन्, ‘सामन्तवाद र वंशवादलाई घृणा गर्ने  हाम्रा राष्ट्रपति/प्रधानमन्त्री तथा अन्य महान् नेताहरूले कतारका राजालाई योर मेजेस्टी (महाराज) भनेर कुन मुखले सम्बोधन गर्छन् होला?’  

यसैगरी मिश्रले ‘अग्रगामी’ भएर किन ‘पश्चगामी’ देशका राजालाई बोलाएको होला भनी कटाक्ष पनि गरेका छन्। 

उनले अगाडि लेखेका छन्, ‘संसारकै सबैभन्दा ‘पश्चगामी’मध्येको देशका राजालाई हाम्रोजस्तो संसारकै सबैभन्दा ‘अग्रगामी’ देशले वर्षौँदेखि मरिहत्ते गरेर किन आमन्त्रण गरेको होला?’

यसअघि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि यस विषयमा प्रतिक्रिया दिइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .