राजनीति


कतारका राजा आउने दिन बिदा दिइएकोमा कमल थापा असन्तुष्ट

कतारका राजा आउने दिन बिदा दिइएकोमा कमल थापा असन्तुष्ट

कतारका शेख तमिम बिन हमाद अल थानी र राप्रपा नेपालका अध्यक्ष कमल थापा।


नेपालखबर
बैशाख १०, २०८१ सोमबार १८:३९, काठमाडौँ

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउँदै छन्। 

त्यसको उपलक्ष्यमा नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। दुई दिन नेपालको राजकीय भ्रमण गर्ने थानी मंगलबार काठमाडौँ अवतरण गर्दै छन्। 

यसरी विदेशी मुलुकका राष्ट्रप्रमुख आउँदा बिदा दिने चलन पुरानो भएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन्। 

उनले भनेका छन्, ‘विदेशी मुलुकको राष्ट्रप्रमुख आउँदा बिदा दिने चलन ‘आउटडेटेड’ भइसक्यो। नयाँ, सिर्जनात्मक र राम्रो सोच्ने प्रवृत्ति झन्‌झन् ह्रास हुँदै गएको देख्छु।’

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले पनि आफ्नो देशका राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान भनी कटाक्ष गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .