राजनीति


मोहन वैद्यको टिप्पणी : एमाले ‘भाइ कांग्रेस’

मोहन वैद्यको टिप्पणी : एमाले ‘भाइ कांग्रेस’

नेपालखबर
बैशाख १०, २०८१ सोमबार २०:३८, काठमाडौँ

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा(एमाले)ले आफूलाई भाई कांग्रेस बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक जयन्ती मनाएको टिप्पणी गरेका छन्।

सोमवार १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको साम्राज्यवादी युगमा लेनिनवादको महत्व विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले एमाले गतिलो भाई कांग्रेस बन्नका लागि हीरक जयन्ती मनाएको टिप्पणी गरेका हुन्। उनले एमालेले हिरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको बताए।

उनले भने, ‘दाइ कांग्रेस त छँदैछ, गतिलो भाइ कांग्रेस बन्ने। यो उद्देश्यमा आधारित छ।’

उनले सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको बताए।  कम्युनिस्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै सत्तामा भएका कम्युनिस्ट पार्टीहरु दक्षिणपन्थी अवसरवादी धारमा रहेका बताए। उनले सत्तामा रहेका कम्युनिस्ट पार्टी र कांग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नभएको बताए।

उनले सत्ताधारी कम्युनिस्टहरुले नेपालको वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि मात्रै कम्युनिस्ट नाम राखेका बताए। अध्यक्ष वैद्यले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको भन्दै एकीकृत गर्दै लगिने बताए।

उनले भने, ‘नेपाली कांग्रेस र सत्ताधारि कम्युनिस्टकाबीच कुनै तात्विक र मौलिक अन्तर छैन। उनीहरुले माक्र्सवाद, लेनिनवाद, कम्युनिस्टको नाम किन जप्छन् भने नेपालमा कम्युनिस्टहरुको समर्थन गर्ने जनता ठूलो छ। वामपन्थी जनमत ठूलो छ। त्यो जनमतलाई भ्रमित तुल्याउनका लागि गर्छन्।’

उनले आफूहरु दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै अघि बढ्ने बताए। उनले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतावद्ध बनाए क्रान्ति गर्न सकिने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .