ad ad

राजनीति


राष्ट्रपतिको उम्मेदवार बन्न ४० करोड डलर खर्च गरे अमेरिकाका आठौँ धनी व्यक्तिले

राष्ट्रपतिको उम्मेदवार बन्न ४० करोड डलर खर्च गरे अमेरिकाका आठौँ धनी व्यक्तिले

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ११:४३,

अमेरिकामा आगामी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई चुनौती दिने डेमोक्रेटिक पार्टीका उम्मेदवार छनोटका लागि निर्वाचन भइरहेको छ।

अन्य उम्मेदवारहरु चन्दा उठाएर चुनावी अभियान हाँकिरहेका छन्।

तर, एक उम्मेदवार भने जम्मै पैसा आफ्नै खल्तीबाट खर्च गरिरहेका छन्। उनी हुन् माइकल ब्लुमवर्ग। जो अमेरिकाका आठौँ धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति ६४ अर्ब डलर छ।

नोभेम्बरमा उम्मेदवारी घोषणा गरेका न्युयोर्कका पूर्वमेयर ब्लुमवर्गले हालसम्म ४० करोड डलर खर्च गरिसकेका छन्। त्यसमध्ये धेरै रकम टेलिभिजन विज्ञापन खरिद गर्नमा खर्च भएको छ।

पैसाकै कारण ब्लुमवर्ग बुधबार हुने बहसका लागि छनोट भएका छन्। पार्टीले मान्यता दिएको सर्वेक्षणमा देशभरमा उनी १९ प्रतिशत मतसहित दोस्रो स्थानमा छन्।

उनीभन्दा अघि सोसल डेमोक्रेट उम्मेदवार बर्नी स्यान्डर्स छन्। उनको पक्षमा ३१ प्रतिशत मत देखिएको छ। उनी ब्लुमवर्गको चर्को विरोधी हुन्।

त्यस्तै जो बाइडढेन १५, एलिजावेथ वारेन १२, एमी क्लोबासर ९ र पिट बुट्टेजेज ८ प्रतिशतमा छन्। एजेन्सी

यो पनि :

के एक समाजवादीलाई अमेरिकाले राष्ट्रपति बनाउला?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .