ad ad

राजनीति


सीआईए अधिकारीको खुलासा : ट्रम्प ‘सेलेब्रिटी’ आतंकवादीका पछि लाग्छन्

सीआईए अधिकारीको खुलासा : ट्रम्प ‘सेलेब्रिटी’ आतंकवादीका पछि लाग्छन्

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १०:२०,

अमेरिकी गुप्तचर निकाय सीआईएका एक पूर्वअधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्प आतंकवादसँग जुध्नुभन्दा चर्चित आतंकवादीको पछि लाग्ने गरेको बताएका छन्।

इरानी जर्नेल कासिम सुलेमानीको व्यक्तित्वकै कारण ट्रम्पले जनवरी ३ मा हत्या गर्न लगाएको सीआईएका पूर्वअधिकार डग्लस लण्डनको भनाइ छ। लण्डनले ट्रम्प प्रशासनसँग पनि काम गरिसकेका छन्।

‘अमेरिकी राष्ट्रिय सुरक्षासँग ट्रम्पको आतंकवादविरोधी अभियानको केही लिनुदिनु छैन। उनी चर्चित नामलाई मात्र निसाना बनाउन चाहन्छन्,’ उनले भनेका छन्।

‘ट्रम्प चर्चित नाम मन पराउँछन्’ लन्डनले जस्ट सेक्युरिटीनामक वेबसाइटमा लेखेका छन्, ‘उनी घटनाको प्रभाव र परिणाममा भन्दा समाचारका शीर्षक र क्षणिक खुसीमा रमाउँछन्।’

‘सीआईएको आतंकवादविरुद्धको अभियानमा वरिष्ठ अधिकारी भएकाले मैले र मेरो टोलीले राष्ट्रपतिलाई जहिल्यै वास्तविक सुरक्षा खतरा को हुन् भनेर बुझाउने प्रयत्न ग¥यौँ,’ लन्डन लेख्छन्, ‘अहिले कासिम सुलेमानीको हत्या भएको छ। मलाई चिन्ता छ, ट्रम्प अझै पनि चर्चित व्यक्तिको पछाडि छन्।’

लन्डन सन् २०१८ मा सीआईएबाट सेवानिवृत्त भएका थिए। अहिले उनी जर्जटाउन युनिभर्सिटी सेन्टर फर सेक्युरिटी स्टडिजमा पढाउँछन्।

‘अहिले अलकायदाका नेता अल–जवाहिरी अमेरिकाका लागि वास्तविक खतरा हुन्। तर, ट्रम्पलाई उनीप्रति कुनै चासो थिएन। बरु उनी ओसामा बिन लादेनका छोरा हाम्जा बिन लादेनलाई निसाना बनाउन चाहन्थे, किनभने लादेन चर्चित थिए,’ उनले लेखेका छन्।

गतवर्षको जुलाई ३१ मा हाम्जा बिन लादेनको अफगानिस्तान र पाकिस्तानी क्षेत्रमा गरिएको कारवाहीमा मृत्यु भएको थियो।

‘आइएस नेता आबु बकर अल–बगदादीको हत्यामा पनि ट्रम्पकै रुचीले काम गरेको थियो,’ उनी भन्छन्। बग्दादीको गतवर्ष सिरियाको इदलिबमा अमेरिकी आक्रमणमा मृत्यु भएको थियो। आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलतामध्ये यो पनि एउटा भएको ट्रम्को दाबी छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .