ad ad

कारोबार


सेयरबजारमा २ अर्ब १२ करोडको कारोबार

सेयरबजारमा २ अर्ब १२ करोडको कारोबार

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १०:२६,

सेयरबजारमा आज २ अर्ब १२ करोडको कारोबार भएको छ। साताको तेस्रो कारोबार दिन कुल १ सय ८१ कम्पनीको ५४ लाख कित्ता सेयर बिक्रीपछि उक्त परिमाणको कारोबार भएको हो।

आज बजार कारोबार मापक नेप्से सूचक १.७७ अंकले र ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक १.०९ अंकले बढेको छ। दिनभरिमा २० हजार ८ सय ५९ पटक खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कुल १२ समूहमध्ये आज होटल, ऊर्जा, फाइनान्स, निर्जीवन बीमा, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा समूहको कारोबार सूचक ओरालो लागेको छ।

आज धेरै कारोबार गर्नेमा एनआईसी एसिया बैंक अगाडि छ। कम्पनीले १० करोड ६५ लाखको कारोबार गरेको छ। त्यस्तै, एनएमबीको ९ करोड ५९ लाखको, हिमालयन डिस्टिलरीको ९ करोड १४ लाखको, शिवम् सिमेन्टको ७ करोड ५६ लाखको र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ९५ लाखको सेयर कारोबार भएको छ।

कमाउनेमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक अगाडि छ। कम्पनीको सेयर मूल्य ९.८७ प्रतिशतले बढ्दा यसका सेयरधनीले ६९ रुपैयाँ आर्जन गरेका छन्। त्यस्तै, घलेम्दी हाइड्रो लिमिटेडको ९.५२ प्रतिशतले, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ७.१७ प्रतिशतले, माउन्टेन हाइड्रो नेपाल लिमिटेडको ४.३० प्रतिशतले र राष्ट्रिय बीमा कम्पनीको ४.२४ प्रतिशतले सेयर मूल्य बढेको छ। गुमाउने कम्पनीहरुले आज ५.६८ प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .