ad ad

राजनीति


एकीकृत समाजवादीले विपक्षीको आशा पलाउने गरी अराजनीतिक निर्णय लियो : ओली

एकीकृत समाजवादीले विपक्षीको आशा पलाउने गरी अराजनीतिक निर्णय लियो : ओली

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १२:४४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसलाई साथ दिएको भन्दै एकीकृत समाजवादीप्रति आलोचना गरेका छन्। 

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले  विपक्षीहरूको आशा पलाउने गरी सुदूरपश्चिममा एकीकृत समाजवादीले कदम चालेको टिप्पणी गरे। 

‘सही दिशामा राजनीति फर्किंदै थियो। त्यतिबेला विपक्षीहरूको आशा पलाउनेगरी कदम चाल्यो,’ उनले भने। 

सुदूरपश्चिममा पहिला मुख्यमन्त्री हुनुपर्ने दाबी राखेको एकीकृत समाजवादीले नागरिक उन्मुक्तिलाई अघि सार्ने तयारी भएपछि कांग्रेसका मुख्यमन्त्रीलाई समर्थन गर्दै दाबी पेस गरेको थियो। 

सो कदमलाईं ओलीले ‘अराजनीतिक’ भएको टिप्पणी गरे। 

‘निःशुल्क सेवा पनि नागरिक उन्मुक्तिको गर्न सक्ने भनेर हिजोमात्रै मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो सुदूरपश्चिममा। एकीकृत समाजवादी वा के हो नाम त्यसले अराजनीतिक निर्णय लियो,’ ओलीले भने। 

साथै, उनले सो पार्टीले दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रकट गरेको पनि बताए। 

‘एकीकृत समाजवादीको दक्षीणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रकट भयो। यस्तो नहुनुपर्ने थियो। कम्युनिस्ट साइनबोर्ड राख्ने, काम चाहीँ कांग्रेसको हितमा गर्ने र हामीलाई कमजोर पार्ने भूमिका सडकमा देखियो। त्यसले केही फरक पार्नेवाला छैन,’ ओलीले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .