ad ad

राजनीति


कोरिया भ्रमणको तयारी गर्दै छु : प्रधानमन्त्री

कोरिया भ्रमणको तयारी गर्दै छु : प्रधानमन्त्री

नेपालखबर
चैत २४, २०८० शनिबार १२:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दक्षिण कोरिया भ्रमणको तयारीमा रहेको बताएका छन्।

आफूलाई दक्षिण कोरियाबाट भ्रमणका लागि निम्ता आएको उनले बताए। 

दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा शनिबार बालुवाटारमा जुगल हिमाल आरोहण गर्ने संयुक्त टोलीको बिदाइ कार्यक्रममा उनले उक्त जानकारी दिएका हुन्। 

‘केही समय पहिले राष्ट्रसंघको अधिवेशनको बेलामा कोरियाका राष्ट्रपति योन सुक योलसँग पनि छलफल भएर दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ विस्तार गर्नेकुरामा छलफल भएको छ’, उनले सुनाए, ‘उहाँले दक्षिण कोरिया भ्रमणको निम्ता पनि गर्नुभएको छ। सकेसम्म त्यो निमन्त्रणालाई स्वीकारेर कोरिया जाने तयारी गर्दै छौँ।’

सिन्धुपाल्चोकस्थित जुगल हिमालको पहिलो आरोहण गर्न तीन नेपाली र सात कोरियाली नागरिक आरोहणका लागि जुगल हिमालतर्फ लागिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .