राजनीति


शेखर कोइरालाको तर्क : अब कांग्रेस र एमाले मिल्नुपर्छ

शेखर कोइरालाको तर्क : अब कांग्रेस र एमाले मिल्नुपर्छ

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८० बिहिबार १४:४७, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा राजनीतिक स्थिरता कायम गर्दै विकास गर्न दुई ठूला पार्टी मिल्नुपर्ने बताएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देश अप्ठ्यारो अवस्थामा रहेकाले राजनीतिक स्थिरता र विकासका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने वकालत गरेका हुन्। 

‘संविधान बनाउन कांग्रेस र एमाले नै चाहियो। त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने यी दुई दल एकै ठाउँमा उभिनुपर्छ,’ कोइरालाले तर्क गरे। 

उनले फागुन २१ गते बनेको एमाले र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन सरकारले देशको आर्थिक विकास गर्ने सम्भावना नरहेको पनि दाबी गरे।

‘यस्ता गठबन्धनहरूले देशको आर्थिक विकास हुने त कुनै सम्भावना छैन', उनले भने, 'राजनीतिक स्थिरता पनि हुँदैन भन्ने कुरा प्रदेशबाट देखिइसकेको छ। हरेक वर्ष सरकार परिवर्तन हुन थाले अप्ठ्यारो हुन्छ । हामीले अब स्थायी सरकार दिन जरुरी छ।’

नेता कोइरालाले कोसी प्रदेश सरकार संविधानको धारा ७५ को उपधारा ५ बाट बनेको हेक्का राख्न पनि दलहरूलाई सुझाएका छन्। 

उनले कोसी प्रदेश सरकार विघटन भए मध्यावधिमा जाने पनि बताए। कोसीमा उनीनिकट केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

तर फागुन २१ गते माओवादी र एमाले मिलेर नयाँ गठबन्धन बनेपछि कार्कीलाई सरकारबाट बाहिरिदन दबाब बढिरहेको छ। 

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकार ढलेमा अर्को विकल्प नभएकाले त्यहाँ मध्यावधि हुने जिकिर कोइरालाले गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .