राजनीति


एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने

एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८० बिहिबार १४:३०, काठमाडौँ

प्रमुख सत्तारुढ नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने निर्णय गरेको छ।

एमालेबाट राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रिय सभाको उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी नेपालखबरलाई दिएका छन्। 

दाहालका अनुसार फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनले राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेलाई दिने निर्णय गरिसकेकाले उम्मेदवारमा घिमिरेलाई अघि सारिएको हो। 

फागुन २१ गते नेकपा एमालेसहितको गठबन्धन बन्ने क्रममा राष्ट्रिय सभाको अध्यक्ष पद नेकपा माओवादी केन्द्रले लिने निर्णय भएको थियो।

त्यस्तै उपाध्यक्ष पद नेकपा एमालेलाई दिने गरी फागुन २१ गते ८ बुँदे सहमति भएको थियो।

तर उक्त सहमतिपछि मात्रै नयाँ गठबन्धनमा जोडिएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत फागुन २९ गते हस्ताक्षर गरेको अर्को ७ बुँदे सहमतिमा भने उक्त कुरा उल्लेख थिएन। 

एकीकृत समाजवादीले पनि उक्त पदमा दाबी गरेपछि ७ बुँदे सहमतिमा त्यसलाई लिपिवद्ध गरिएको थिएन। एकीकृत समाजवादी जोडिएर बनेको पाँच दलीय गठबन्धनको सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेले लिने कुरा राखिएको थिएन। 

त्यसपछि राष्ट्रिय सभाको उपाध्यक्षमा एमाले र समाजवादी दुवैले दाबी गरेका थिए। दुवैको दाबीबीच राष्ट्रियसभाको उपाध्यक्षमा एमालेले घिमिरलेलाई अघि सारेको हो। राष्ट्रयसभा उपाध्यक्षको चुनाव यही चैत २८ गतेका लागि तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .