ad ad

राजनीति


अख्तियारलाई अमरेशको प्रश्न : भ्रष्टाचार गर्ने नेता, मुद्दा चाहिँ कर्मचारीलाई मात्रै?

अख्तियारलाई अमरेशको प्रश्न : भ्रष्टाचार गर्ने नेता, मुद्दा चाहिँ कर्मचारीलाई मात्रै?

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८० मंगलबार १३:२०, काठमाडौँ

प्रतिनिधि सभा स्वतन्त्र सदस्य डा. अमरेश कुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतको नियतमा प्रश्न गरेका छन्।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा सांसद सिंहले भ्रष्टाचारमा संलग्न नेताहरूलाई कारबाही नभएकोमा आपत्ति जनाए।

उनले भ्रष्टाचार प्रकरणमा कर्मचारीमात्रै मुद्दा चलाइने गरेको पनि जिकिर गरे। 

सिंहले कैलालीको टीकापुरस्थित सरकारी जग्गा घोटला प्रकरणमा मुछिएका दुईजना ठूला नेतालाई उन्मुक्ति दिइएको पनि दाबी गरे।

‘भ्रष्टाचार गर्ने नेता, भ्रष्टाचार गर्ने मन्त्री, प्रधानमन्त्री तर मुद्दा कर्मचारीलाई मात्रै लाग्ने? अख्तियारको नियत यस्तो छ। दलको भागबण्डाबाट अख्तियार बन्दा यस्तो भएको छ’, उनले भने, ‘दलका नेता र दलका मालिक भनेपछि अख्तियार मुद्दा लगाउनु हुँदैन भन्छ।'

उनले कैलालीको टीकापुरस्थित सरकारी जग्गाबारे पनि प्रश्न उठाए। 'टीकापुरको जग्गा हिनामिनाबारे अनुसन्धानमा संलग्न अधिकृतले मलाई नै भनेका हुन्, माथिको आदेश आयो, नेताहरूलाई मुद्दा नलगाऊँ भनेर’, उनले भने।

सिंहले टेरामक्स र एमडीएमएस घोटाला प्रकरणमा पनि सबै मन्त्रीलाई अख्तियारले मुद्दा नचलाएर चोख्याउने काम गरेको बताए। अदालत पनि अख्तियार जस्तै भएको बताउँदै यी दुवै निकायले नेतालाई छुन नसकेको दाबी सिंहले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .