ad ad

राजनीति


काठमाडौंमा एक्लै प्रदर्शनमा उत्रिए धरानका मेयर साम्पाङ

काठमाडौंमा एक्लै प्रदर्शनमा उत्रिए धरानका मेयर साम्पाङ

एक्लै प्रदर्शनका क्रममा धरानका मेयर हर्क साम्पाङ


नेपालखबर
चैत २०, २०८० मंगलबार १३:१२, काठमाडौँ

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मंगलबार काठमाडौंमा एक्लै प्रदर्शन गरेका छन्।

विभिन्न विकास आयोजना माग्दै काठमाडौं आएका उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने मागसहित प्रदर्शन गरेका हुन्।

‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर,’ उनले प्रदर्शनका क्रममा बोकेको पम्पलेटमा भनिएको छ।

चार दिनदेखि काठमाडौंमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन र खानेपानी मन्त्री राजेन्द्र राईसहितका सरकारी अधिकारीहरूसँग भेटघाट गरिरहेका छन्।

उनले प्रधानमन्त्री सोमबार बिहान बालुवाटारमा भेटेका थिए।

त्यसक्रममा उनले धरानमा खानेपानी, एयरपोर्ट, राजमार्ग, ल्याण्डफिल साइट र उद्योग लगायत माग राखेका थिए।

उता गृहमन्त्री लामिछानेलाई भेटेर उनले धरानका प्रहरीको कार्यालय भवन निर्माण, लागुऔषध दुर्व्यसनीको समस्या नियन्त्रण र सशस्त्र प्रहरीको गुल्म माग गरेका थिए।

उता खानेपानी मन्त्री राईलाई भेटेर उनले धरानको पानी संकट टार्न सप्तकोसीबाट लिफ्टिङ गर्ने गरी ठूलो आयोजना अघि बढाउन प्रस्ताव गरेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .