राजनीति


विवेकशील नेपालीको पदाधिकारीमा ५० प्रतिशत महिला अनिवार्य

विवेकशील नेपालीको पदाधिकारीमा ५० प्रतिशत महिला अनिवार्य

नेपालखबर
असार १६, २०७६ सोमबार ९:४२,

विवेकशील नेपाली पार्टीले केन्द्रीय पदाधिकारीमा पचास प्रतिशत महिला राख्ने व्यवस्था गरेको छ।

रोल्पाको लिवाङमा सम्पन्न विवेकशील नेपालीको नीति सम्मेलनले दलको केन्द्रीय समितिका पदाधिकारीहरु अध्यक्ष र उपाध्यक्ष मध्ये एक, महासचिव रकोषाध्यक्ष मध्ये एक र दुई सचिव मध्ये एक गरी ६ प्रमुख पदहरुमध्ये कम्तीमा ३ जना महिला प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था गरेको हो।

त्यसैगरी, संघीय समितिमा महिला सहभागिता कम्तिमा ३७.८४ प्रतिशत र अन्य समावेशी सहभागिता कम्तीमा २१.६२ प्रतिशत गरी ५९.४६ प्रतिशत समावेशिता सुनिश्चित गरेको प्रवक्ता मिलन पाण्डेले बताए।

पार्टीको केन्द्रीय समिति बढीमा ९९ जना रहनेछ जसमा पदाधिकारी सहित ७४ जना प्रत्यक्ष रूपमा निर्वाचित हुनेछन् भने अधिकतम् २४ जना मनोनित हुनेछन्। निर्वाचित हुने सदस्यहरूमा खुला रूपमा निर्वाचित हुने, प्रदेशबाट निर्वाचित हुने तथा समावेशी समूहबाट निर्वाचित हुने सदस्यहरू रहनेछन्। साथै, १८ देखि २१ वर्ष उमेर समूहका फरक लिंगका दुई जना सदस्यहरू पनि केन्द्रीय समिति सदस्यमा निर्वाचित हुने व्यवस्था गरिएको छ।

विवेकशील नेपालीको राष्ट्रिय सम्मेलन २०७६ कार्तिक १ र २ गते जनकपुरमा गरिने भएको छ । नवनिर्वाचित पदाधिकारी तथा सङ्घीय समितिको सपथ ग्रहण शान्तिका प्रतीक गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा गर्ने पनि तय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad