ad ad

राजनीति


श्रममन्त्री अर्याल र रास्वपा सहमहामन्त्री पनि सहकारी ठगीमा संलग्न रहेको कांग्रेसको आरोप

श्रममन्त्री अर्याल र रास्वपा सहमहामन्त्री पनि सहकारी ठगीमा संलग्न रहेको कांग्रेसको आरोप

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८० मंगलबार १२:७, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल पनि संलग्न रहेको आरोप लगाएको छ। 

मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले मन्त्री अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी समेत सहकारीकाे सञ्चालक रहेको बेलामा ४ करोड बढी रकम बचतकर्ताले फिर्ता नपाएको बताए। 

‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय आएकाे छ,’ सांसद यादवले भने, ‘सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए। सो सहकारीमा पनि अस्वभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जिबि राईलाई भित्र्याइएको छ। त्यो काम श्रममन्त्रीको हो भन्ने छ। यो सहकारीको छानविनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ। निष्पक्ष छानविन आवश्यक छ। संसदीय समिति बनाऔँ।’

साथै, उनले गृहमन्त्री लामिछानेमाथि निष्पक्ष छानबिन नगर्दासम्म यो विषयले कहिल्यै नछाड्ने पनि बताए। 

‘म गृहमन्त्रीलाई प्रश्न गर्न चाहन्छु, तपाई पत्रकार रहँदा गोर्खा मिडिया प्रा.लि.मा २०७७ चैत्रदेखि २०७९ असारसम्म तपाई संलग्न भएको हो कि होइन? सञ्चालक र प्रवन्ध निर्देशक भएको हो कि होइन? गोर्खा मिडियामा करोडौँ लगानी भएको हो कि होइन? ८० करोडभन्दा बढी रकम सहकारीबाट लिएको हो कि होइन? तथ्यले बताउँछ सहकारीको पैसा तपाईको संस्थामा आएको छ,’ सांसद यादवले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .