ad ad

राजनीति


शान्ति प्रक्रिया टुंग्याउन प्रचण्ड, देउवा र ओली सकारात्मक

शान्ति प्रक्रिया टुंग्याउन प्रचण्ड, देउवा र ओली सकारात्मक

नेपालखबर
चैत १७, २०८० शनिबार २१:१८, काठमाडौँ

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ।

प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बैठकमा संसदलाई बिजनेस दिने, राष्ट्रिय मुद्दामा एकजुट भइ अघि बढ्ने विषयमा समेत छलफल भएको जानकारी दिए। 

प्रधानमन्त्री प्रचण्डले आइतबार (भोलि) संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री प्रचण्डले सकेसम्म आफ्नो कोसिस राजनीतिक दलहरू सबैलाई सहमतिमा ल्याएर राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु रहेको शनिबार एक कार्यक्रममा बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .