ad ad

राजनीति


विरोधीलाई अलमल्याएर गठबन्धन फुटाउन सफल भयौँ : शंकर पोखरेल

विरोधीलाई अलमल्याएर गठबन्धन फुटाउन सफल भयौँ : शंकर पोखरेल

नेपालखबर
चैत १६, २०८० शुक्रबार २०:२, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले हल्ला गरेको भए पुरानो सत्ता गठबन्धन फुटाउन नसक्ने अवस्था रहेको खुलासा गरेका छन्।

नेकपा एमाले लमजुङको नवौँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै पोखरेले एमाले हल्ला नगरी काम गरेकोले गठबन्धन फुटाउन सकिएको बताए। एमालेले घोषणा गरेर गठबन्धन तोड्न चाहेको भए गठबन्धन भत्कने अवस्था नरहेको उनले बताए।

‘हाम्रा विरोधीलाई अलमल्याउने काम गर्‍यौँ, गठबन्धन कसरी भत्काउन सकिन्छ भनेर योजना बनायौँ र गठबन्धन ढालेर नयाँ समीकरण बनायौँ’,उनले भने।

नेकपा एमालेले सरकार चलाउन आवश्यक मत प्राप्त गर्न नसकेको अवस्थामा गठबन्धनले देशलाई ओरालो बाटोमा लगेपछि एमालेले गठबन्धनबाट जो बाहिर निस्कन्छ त्यसलाई सघाउने कुरा गरेको भए पनि कांग्रेस बाहिर निस्कन नचाहेको उनले बताए।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनबाट बाहिर निस्कन चाहेकोले एमालेले समर्थन गरेको उनले प्रष्ट पारे।

अहिलेको सरकारबाट धेरै कुरा आशा गर्न नसकिने पनि पोखरेलले प्रष्ट पारे। यो समीकरण मिसन २०८४ को आधार बनाउने गरी बनेको उन बताए।

एमाले माथिका सबै अवरोधलाई विस्थापित गर्न पार्टी सफल भएको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .