राजनीति


पर्यटनमन्त्रीद्वारा लुम्बिनी गुरुयोजना पूरा गर्न निर्देशन

पर्यटनमन्त्रीद्वारा लुम्बिनी गुरुयोजना पूरा गर्न निर्देशन

नेपालखबर
चैत १०, २०८० शनिबार १९:२८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न निर्देशन दिएका छन्। 

कोषका पछिल्ला गतिविधि र अवस्थाबारे आज जानकारी लिँदै उनले बुद्धजन्मस्थल लुम्बिनी गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चिताका लागि आफूले पहल गर्ने बताए। 

मन्त्री तामाङले गुरुयोजना विपरीत संरचना बनेको, युनेस्कोको असहमति रहेकाजस्ता विषय आइरहेकाले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताए। उनले लुम्बिनी विश्वका एक अर्ब बौद्ध समुदायको आस्थाको केन्द्र भएकाले पर्यटनमैत्री व्यवहारका लागि आफू लागिपर्ने पनि बताए।

त्यस अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजनाका बाँकी काम पूरा गर्न पर्याप्त बजेटको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन मन्त्री तामाङसँग आग्रह गरे। 

छलफलमा सदस्यसचिव सानुराजा शाक्यले कोषका हालसम्मका गतिविधि, यसको कार्यक्षेत्रलगायत विषयमा जानकारी गराए। 

छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहार, श्याम रोक्का, विश्वराज पौडेल, परिषद्का सदस्य गोपिकृष्ण शर्मालगायतको उपस्थित थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .