राजनीति


कांग्रेसले जहाँ बोलाओस्, एक्लै आएर जवाफ दिन तयार छु : गृहमन्त्री

कांग्रेसले जहाँ बोलाओस्, एक्लै आएर जवाफ दिन तयार छु : गृहमन्त्री

नेपालखबर
चैत १०, २०८० शनिबार १७:२, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नको जवाफ आफू तयार रहेको बताएका छन्। 

सहकारी ठगी गरेको भन्दै परेको उजुरीका बारेमा संसद्मा कांग्रेसले बोल्न नदिएको भन्दै जनताका माझ सार्वजनिक रुपमा सबै प्रश्नको जवाफ दिन तयार रहेको बताए। 

शनिबार पार्टीले आयोजना गरेको विशेष सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले विश्वभरका जनताले देख्नेगरी त्यो सार्वजनिक कार्यक्रमको लाइभ गर्ने समेत बताए। 

‘म चुनौतीका साथ चाहन्छु, प्रभावशाली नेताहरूलाई, जो यो मुद्दालाई लिएर सदनै अवरोध गरिरहनुभएको छ। कहिले कहाँ, कुन मितिमा कुन स्थानमा सदनमा त मैले बोल्न पाएको छैन। ठिक छ जनताका माझमा राखौँ,’ गृहमन्त्री लामिछानेले भने, ‘तपाईंले भनेको मितिमा बोलाउनुस्, तपाईसँग बहस गर्न चाहन्छु, प्रमाणित गरिदिनुस्। देशमा भएका सबै लयर, तपाईंका पार्टीका नेता लिएर आउनुहोला। सबै प्रमाण लिएर आउनुहोला। म एक्लै आउँछु।’

उनले बहस गर्न कहाँ आउनुपर्ने हो आफू तयार भएको चुनौती कांग्रेसलाई दिएका छन्। 

‘म कहाँ आउँ बहस गर्न, तयार छु। तपाईंका होनाहार एक से एक नेता अगाडि राख्नुस्। म एक्लै हरेक प्रश्नको जवाफ दिन्छु, जवाफ मात्रै होइन। समाधान पनि दिन्छु,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .