राजनीति


गृहसचिव न्यौपानेबाट सशस्त्र प्रहरीको प्रधान कार्यालय निरीक्षण

गृहसचिव न्यौपानेबाट सशस्त्र प्रहरीको प्रधान कार्यालय निरीक्षण

नेपालखबर
फागुन २, २०७६ शुक्रबार १५:३९,

गृहसचिव महेश्वर न्यौपानेले शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत निरीक्षण गरेका छन्। त्यसक्रममा उनले राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारबाहीबारे जानकारी लिएको एपीएफले जनाएको छ।

निरीक्षण पछि उनले विभिन्न आरोह अवरोहहरु पार गर्दै सशस्त्र प्रहरी बल नेपाल अहिलेको यस स्थानमा आउन सफल भएको चर्चा गरे। उनले सशस्त्र प्रहरी बल नेपालको भूमिका मुलुकको शान्ति सुरक्षा अमनचयन कायम राख्ने कार्यमा सधैँ महत्वपूर्ण रहने बताए।

उनले मुलुकमा शान्ति सुरक्षा अमन चयन कायम गर्नेदेखि विपद व्यवस्थापन, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध जिम्मेवारी निर्वाहमा सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेको कार्यको प्रशंसा गरे।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा नेपाल सरकारबाट संगठनलाई प्राप्त हरेक जिम्मेवारीहरुमा सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यावसायिक रुपमा अहोरात्र कार्यक्षेत्रमा खटिई रहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad