ad ad

राजनीति


बिमस्टेकसहितका संगठन भीआईपी भ्रमणका माध्यम मात्रै बने : प्रदीप पौडेल

बिमस्टेकसहितका संगठन भीआईपी भ्रमणका माध्यम मात्रै बने : प्रदीप पौडेल

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०८० सोमबार १७:१०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बिमस्टेक लगायत संगठनबाट नेपालले लाभ लिन नसकेको बताएका छन्।

सोमबारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रश्तुत गरेको विमस्टेक बडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावबारेको छलफलमा लिँदै उनले यस्तो बताएका हुन्।

‘वास्तवमा हामीले यस्ता संगठनहरूको नेतृत्व गर्न सकिरहेका पनि छैनौँ। नीतिगत नेतृत्व गर्न सकिरहेका छैनौँ। रणनीतिगत उपयोग गर्न पनि सकिरहेका छैनौँ। खाली यो भीआईपीहरुको भ्रमणका निम्ति सहभागी भएको मात्रै देखिएको छ। त्यसैले राष्ट्रिय हितका निम्ति यस्ता मञ्चलाई कसरी प्रयोग गर्न सकिन्छ? हाम्रो रणनीति के हो त?,’ उनले भने।

यस्ता संगठनहरूको नेतृत्व गर्नबाट नेपाल चुकिरहेको बताउँदै उनले नीतिगत नेतृत्व र रणनीतिगत उपयोग गर्न नेपालले नसकेको पनि बताए।

यस्ता संगठनलाई भीआईपीहरुको भ्रमणका निम्ति मात्रै प्रयोग हुने गरेको बताउँदै सांसद पौडेलले यस्ता मञ्चहरु राष्ट्रिय हितका निम्ति प्रयोग हुनुपर्नेमा जोड दिए।

‘यहाँ वडापत्रमा उल्लेख भएका विषयहरुले हाम्रो राष्ट्रिय स्वार्थ पूरा गर्नका निम्ति कसरी सहयोग पुर्‍याउनसक्छ? वा हामीले यसलाई कसरी उपयोग गर्न सक्छौँ। त्यसकारण यो परराष्ट्र क्षेत्रमा जतिपनि हाम्रो मेकानिजम छ, त्यसले राष्ट्रिय हितमा कति सक्रिय भएर काम गर्न सकेको छ? दूतावासले कति काम गर्न सकेको छ। त्यो कुरामा हामी निरपेक्ष भएको जस्तो देखिन्छ। सहभागी मात्रै महत्वपूर्ण होइन। लाभ लिने स्थिति बन्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .