राजनीति


छिटोभन्दा छिटो सार्क सम्मेलन आयोजना गर्नुपर्छः सांसद भट्टराई

छिटोभन्दा छिटो सार्क सम्मेलन आयोजना गर्नुपर्छः सांसद भट्टराई

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०८० सोमबार १७:१३, काठमाडौँ

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले बिमस्टेकलाई पर्यटन प्रवद्र्धनमा जोड्न आवश्यक रहेको बताएका छन्।

सोमबारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रश्तुत गर्नुभएको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावबारे बोल्दै उनले यस्तो बताएका हुन्।

‘पर्यटन प्रवर्द्धनमा हामीले बिमस्टेकलाई जोड्नुपर्ने छ। त्यसैगरी यातायातको सञ्जाल र कनेक्टिभिटीमा पनि यसलाई अघि बढाउनुपर्नेछ। पछिल्ला दिनमा जलवायु परिवर्तनको जति पनि मार नेपालले खेपिरहेको छ। जति पनि अन्तर्राष्ट्रिय लविङहरू यो मञ्चमार्फत हामीले गर्नुपर्ने थियो। त्यमसा हामीले जति सफलता पाउनुपर्थ्यो पाउन सकिरहेका छैनौँ,’ उनले भने।

उनले यातायातको सञ्जाल र कनेक्टिभिटीमा पनि बिमस्टेकलाई जोड्न जरुरी रहेको बताए।

बिमस्टेकको मञ्चबाट नेपालले अझै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रश्तुति दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। बिमस्टेक सार्कको विकल्पको रुपमा अघि ल्याइएको हो की भन्ने भान हुन थालेको भन्दै नेपाल यसबाट बच्नुपर्ने पनि बताए।

‘बिमस्टेकको मञ्चबाट नेपालले अझै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रश्तुति दिनुपर्ने छ। कताकता बिमस्टेक सार्कको विकल्पको रुपमा अघि ल्याइएको हो की भन्ने भान छ। छिटो भन्दा छिटो सार्कको सम्मेलन आयोजना गर्न आग्रह गर्दछु। एक अर्काको निषेध गर्ने ढंगले आएको छ, यसमा हामी जोगिनुपर्छ,’ उनले भने।

छिटो भन्दा छिटो सार्कको सम्मेलन आयोजना गर्न आवश्यक रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .