ad ad

राजनीति


कांग्रेसलाई रास्वपा सांसदको आग्रह– पानीबिनाको माछाझैँ नतड्पिनू

कांग्रेसलाई रास्वपा सांसदको आग्रह– पानीबिनाको माछाझैँ नतड्पिनू

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०८० सोमबार १२:३, काठमाडौँ

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पानीबिनाको माछाजस्तो नतड्पिन आग्रह गरेको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद अशोक कुमार चौधरीले गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछानेमाथि जनताको मत र विश्वासको कदर गर्न आग्रह गरे। 

‘सत्ताका लागि पानीबिनाको माछाझैँ नतड्पिन आग्रह गर्दछु। माननीय रवि लामिछानेमाथि जनताको मत, विश्वासको इज्जत र कदर गरौँ। उहाँलाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा स्वीकार गरौँ,’ उनको आग्रह थियो। 

आजकै बैठकमा कांग्रेस महामन्त्री गगन कुमार थापाले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा नाम मुछिएको भन्दै अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएका थिए। 

महामन्त्री थापा लगत्तै समय लिएर बोलेका रास्वपा सांसद चौधरीले भने, ‘केहीदिनदेखि सदनमा कामभन्दा अनावश्यक मन्थन सुनिएको छ। एउटा कावच छ– ‘रातदिन लड्पेगें। जान से जाएगें। बिछट के दिलबर से नहि रही पाएगें,’ उनले भने।

उनले अरुलाई प्रश्न उठाउनुभन्दा अघि आफूतिर फर्किएका औंला पनि हेर्न आग्रह गरे। ‘अरुलाई औंला उठाउनुअघि आफूतिरै फर्किएका औंला हेरौँ भनेर आग्रह गर्न चाहन्छु,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .