ad ad

राजनीति


प्रा. सुवेदीको ‘महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ पुस्तक विमोचन

प्रा. सुवेदीको ‘महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ पुस्तक विमोचन

नेपालखबर
चैत ३, २०८० शनिबार २०:२४, काठमाडौँ

प्रा. सूर्य सुवेदीको ‘महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ पुस्तक विमोचन भएको छ।  शनिबार बिहान काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचन गरेका हुन्। 

बेलायतलाई कार्यथलो बनाएका पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलले लेखन तथा सम्पादन गरेको उक्त पुस्तक बुक हिलले प्रकाशन गरेको हो।

विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेको बताए।

प्रधानमन्त्रीले भने, ‘विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपाली जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौँ नेपालीले उल्लेखनीय प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा सूर्य सुवेदी हुनुहुन्छ।’

आफू पहिलोपटक प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारत भ्रमणमा जानु अघि दुई देशबीच सन् १९५० को सन्धि पुनरावलोकन गर्न धेरै पक्षबाट सुझाव आएको र ती मध्ये प्रा सुवेदीले पठाएको सुझावको प्रति आफूसँग अझै सुरक्षित रहेको प्रधानमन्त्री प्रचण्डले बताए।

‘प्राडा सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ। उहाँले त्यसमा सहयोग गर्नुभयो। पछिल्लो एमसिसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले नै लागू पनि गर्‍यौँ,’ उनले भने।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार लोकार्पण कार्यक्रममा प्राडा सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा चर्चा गरेका थिए।

पेपरब्याक संस्करणमा प्रकाशित पुस्तकको मूल्य ८०० रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .