ad ad

राजनीति


नेपाल र भट्टराईविरुद्धको रिट प्रधानन्यायाधीशको इजलाशमा

नेपाल र भट्टराईविरुद्धको रिट प्रधानन्यायाधीशको इजलाशमा

नेपालखबर
फागुन २, २०७६ शुक्रबार ७:२०,

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध समेत भ्रष्टाचारको मुद्दा चलाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटको पेसी तोकिएको छ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्‍नै एकल इजलाशमा पेसी तोकेका हुन्। सो रिटमाथि आज बहस हुँदैछ।

बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटार जग्गा प्रकरणमा अख्तियारले विभागीय मन्त्रीहरुलाई मुद्दा चलाएर नीतिगत निर्णय गर्ने दुवै पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिएको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा चलाउन आदेश दिन माग गर्दै रिट दायर गरेका थिए।

वरिष्ठ अधिवक्ता न्यौपानेले दायर गरेको रिट निवेदनमा ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउने कार्यमा संलग्न तत्कालीन मन्त्रिपरिषद्का सबै सदस्यमाथि मुद्दा चलाउन माग गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णय आयोगको क्षेत्राधिकारभित्र नपर्ने भन्दै पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा दर्ता गरेको छैन। अख्तियार गत माघ २२ गते तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .