राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
बिहीबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित छट्टाछुट्टै समारोहमा थाईल्यान्ड, गाणतन्त्र पोर्चुगल, गणतन्त्र भेनेजुएला र मंगोलियाका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार थाइल्यान्डका अधिराज्यका आवासीय राजदूत सुवापोङ सिरिसन, गणतन्त्र पोर्चुगलका गैरआवासीय राजदूत जोयाओ म्यानुअल म्यान्डेस रिबेरिओ डे अल्मेइडा, गणतन्त्र भेनेजुएलाका गैरआवासीय राजदूत कपाया रोड्रिगेज गोन्जालेज र मंगोलियाका गैरआवासीय राजदूत गान्बोल्ड ड्याम्बाजबले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
36
Shares
प्रतिक्रिया