राजनीति


विश्वप्रकाशको कटाक्ष : विश्वासको महाखडेरी छ, तर प्रधानमन्त्रीले एक वर्षमै तीनपटक पाउनुहुन्छ!

विश्वप्रकाशको कटाक्ष : विश्वासको महाखडेरी छ, तर प्रधानमन्त्रीले एक वर्षमै तीनपटक पाउनुहुन्छ!

नेपालखबर
फागुन ३०, २०८० बुधबार १२:४७, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशभर विश्वासको महाखडेरी परेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक-पटक विश्वास माग्न संसद्‍मा उभिने गरेको भन्दै व्यंग्य गरेका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा उनले प्रशासन, अस्पताल, व्यापारी, विद्यालय, छिमेकी हुँदै राजनीतिक नेतृत्वप्रति विश्वासको वातावरण नभएको बताए। 

‘हाम्रो देशमा सबैभन्दा धराप अवस्थामा विश्वास छ। प्रशासन, अस्पताल, व्यापारी, विद्यालय, छिमेकी हुँदै राजनीतिक नेतृत्तवप्रति पनि विश्वास छैन। विश्वासको यस्तो महाखडेरी परेको बेलामा विश्वासको मत माग्न प्रधानमन्त्री उभिनुभएको छ,’ उनले भने। 

उनले एक वर्षमा तीन पटक विश्वासको मत पाउन लागेकाे भन्दै यसले आफूलाई अचम्म लागेको बताए। 

‘गज्जब छ वर्षमा १ पटक हैन, ३ पटक पाउनुहुन्छ। अचम्म लाग्छ, विश्वासको मत पनि पाउनुहुनछ, म अचम्मित भएर आफ्ना अभिव्यक्ति राख्न चाहन्छु,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .