ad ad

राजनीति


प्रचण्डलाई विश्वप्रकाशको प्रश्न : धोका खाएकाहरू एकैठाउँ उभिए हालत के होला?

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न : धोका खाएकाहरू एकैठाउँ उभिए हालत के होला?

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन ३०, २०८० बुधबार १२:४७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकश शर्माले आफूहरूले देशको अवस्था बदलौँ भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नै बदलेको बताएका छन्।

बुधबार विश्वासको मतका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

प्रण्डले यसअघि सम्बोधनका क्रममा कांग्रेसलाई आफूले धोका दिएको भन्नु गलत हुने बताएका थिए। तर बरु नेकपा एमालेले आफूबाट धोका पाएको भन्नु जायज हुने प्रचण्डले बताएका थिए।

यस्तोमा प्रचण्डबाट धोका खाएकाहरू एकैठाउँमा उभिन सक्ने शर्माले बताए। ‘धोका खाएकाहरू एकै ठाउँ आए भने राजनेतको हालत के होला?’, उनले भने, ‘अहिले विश्वासको संकट भएका बेला एकै वर्ष तीन पटक विश्वासको मत लिनु हुँदैछ प्रधानमन्त्रीले। हामीले स्थिति बदलौँ भनेको तर तपाईंले गठबन्धन बदल्नु भयो।’

उनले कोसी प्रदेशमा माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवार हारेको कुरालाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताएका छन्। 

‘कोसी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा चित्त दुखेको कुरा स्वीकार्छौँ’, उनले भने, ‘कोसीमा जे भयो त्यसलाई ढाकछोप नगरी छलफल गरेर जान चाहन्थ्यौँ। कांग्रेसले महासमितिमा पेस गरेको आफ्नो दस्तावेजमा पनि त्यो कुरा लेखेको छ।’

महामन्त्री शर्माले आफूहरूको दस्तावेज लेख्नका लागि अर्को पार्टी र उसका अध्यक्षलाई सोध्ने कुरा नहुने पनि बताए। 

शर्माले महासमिति बैठकस्थलमा धर्मको स्टल राख्दा प्रधानमन्त्रीको चित्त दुखेकोतर्फ इंगित गर्दै अघिल्लो पटक हिन्दुधर्मकै एजेन्डा बोकेका राजेन्द्र लिङ्देन सरकारमा नहुँदा फरक नपरेको पनि स्मरण गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .