राजनीति


राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएपछि नारायणप्रसाद दाहाल (तस्बिरः रासस)


नेपालखबर
फागुन २९, २०८० मंगलबार १३:१, काठमाडौँ

राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल विजयी भएका छन्।

यही फागुन २० गते तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट दाहाल निर्वाचित भएका हुन्। 

राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए। यस्तोमा नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो।

भिडिओ

 

उनको विपक्षमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादीसहितका दलको १७ मत खसेको छ। राष्ट्रिय सभा अध्यक्षको मतदान प्रक्रियामा १ सिट रहेको राष्ट्रिय जनमोर्चा भने सहभागी भएन।

उनीसँग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका युवराज शर्माको पक्षमा १७ मत खस्यो। उनको विपक्षमा ३९ मत परेको छ। 

उनलाई नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादीसहितका दलले समर्थन गरेका थिए। 

बुधबार बसेको बैठकमा भएको निर्वाचनसँगै दाहाल संघीय संसद्को माथिल्लो सदनको नेतृत्वमा पुगेका हुन्। 

राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उनलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरिएको हो। 

माओवादीका केन्द्रीय सदस्य दाहाल २०७८ चैत २५ गते राष्ट्रिय सभामा रिक्त विज्ञ कोटाबाट राष्ट्रिय सभामा मनोनित भएका थिए।

अधिवक्ता रामनारायण बिडारीको चार वर्षे कार्यकाल सकिएपछि फागुन २० गतेदेखि रिक्त भएको पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई ६ वर्षका लागि नियुक्त गरेकी थिइन्। 

राष्ट्रिय सभामा १८ सांसद रहेको माओवादी पहिलो दलका रुपमा छ। एमाले १० र नेकपा एकीकृत समाजवादीका ८ सांसद छन्। यस्तै, जसपाका ३ जना छन्।

यिनै चार दलको समर्थनमा दाहाल अध्यक्ष बनेका हुन्। फागुन २१ गते सत्ता गठबन्धनमा मिसिएको राष्ट्रिय स्वतन्त्र पार्टीका भने राष्ट्रिय सभामा कुनै सांसद छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .