राजनीति


नारायण दाहालबारे दीपशिखाको तर्क : उनी प्रचण्डका सहोदर भाइ होइनन्

नारायण दाहालबारे दीपशिखाको तर्क : उनी प्रचण्डका सहोदर भाइ होइनन्

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन २८, २०८० सोमबार १३:२८, काठमाडौँ

यतिबेला नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवार बनाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवारवाद लादेको भन्दै कार्यकर्ता पंक्ति नै रुष्ट छ।

माओवादीबाट राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालसहित अन्य नेताहरू पनि योग्य रहँदा रहँदै प्रचण्डले पार्टीलाई पारिवारिक कम्पनीमा परिणत गरेको आरोप पनि लागिरहेको छ।

यस्तोमा नेकपा माओवादी केन्द्रका एकजना केन्द्रीय सदस्य रामप्रसाद सापकोटा 'दीपशिखा' दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेवार बनाउने प्रचण्डको कदमको बचाउ गरेका छन्।

उनले मंगलबार हुन लागेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेकपा एमालेसहितका दलहरूको समर्थनमा उम्मेदवार बनेका नारायण दाहाल प्रचण्डको सहोदर भाइ नभएको दाबी गरेका हुन्। 

‘कमरेड नारायण दाहालमाथि भद्दा मज्जाक नगराैँ’, उनले सोमबार सामाजिक सञ्जालमा भनेका छन्. ‘पहिलो कुरा-पार्टी स्थायी समितिका सदस्य नारायण दाहाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको सहोदर भाइ होइनन्। दोस्रो कुरा, २०२७ सालदेखि विद्यार्थी राजनीति र ०३१ सालबाट पार्टीको पूर्णकालीन राजनीति गर्दै आएका नेता हुन्।’

उनले नारायण दाहालले जनयुद्धमा पनि योगदान दिएको तर्क गरेका छन्। ‘जनयुद्धमा जीवन संगिनी, दुई छोराहरू लगायत सपरिवार पूर्णकालीन बनाएर राजनीतिमै सक्रिय राखेका हुन्’, उनले नारायण दाहालबारे भनेका छन्, ‘पार्टी पदाधिकारी बैठकको सर्वसम्मत निर्णयले उनी राष्ट्रियसभाको उम्मेदवार भएका हुन्। दाहाल थर हुनुबाहेक अरु कमजोरीबारे पार्टीका फोरमहरूमा छलफल गरौँ। समाजिक सञ्जालमा होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .