ad ad

राजनीति


सञ्चारमन्त्रीको प्रश्नः कालापानीमा अहिल्यै पेस्तोल भिरेर जाने हो?

सञ्चारमन्त्रीको प्रश्नः कालापानीमा अहिल्यै पेस्तोल भिरेर जाने हो?

नेपालखबर
फागुन १, २०७६ बिहिबार १०:५१,

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बर्तमान सरकार बनेपछि सबै काम राम्रो मात्रै भएको दाबी गरेका छन्।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले सरकारले एउटै पनि नराम्रो काम नगरेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मुर्छित सपना ब्युउँझिएका छन्’ भन्ने भनाई उदृत गर्दै मन्त्री बाँस्कोटाले भने, ‘मुर्छित सपना ब्युँझिएका मात्रै होइनन् जीवन्त बनेका छन्।’ उनले सरकारले गरेका विभिन्न कामहरुको फेहरिस्त नै प्रस्तुत गरे।

प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय भिजनरी लिडर अवार्ड त्यत्तिकै नपाएको बताए। ‘अन्तर्राष्ट्रिय समूदायले भिजनरी लिडर अवार्ड त्यत्तिकै दिएको हो र?’ उनले प्रश्न गरे, ‘हाम्रो यहाँ जुन कार्यक्रममा गएपनि ख्यास्स एउटा दिने गरिन्छ नि, प्लास्टिकमा पोको पारेर। त्यस्ताे हाे र?’

मन्त्री बाँस्कोटाले बर्तमान सरकारले सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको उल्लेख गर्दै कालापानीको विषयमा दह्रो अडान राखेको बताए। कालापानीको विषय कतिपयले भन्ने गरेको जस्तो अहिल्यै पेस्तोल भिरेर जाने विषय नभएको उनले बताए।

सरकारले सबै प्रमाणहरु जुटाएर भारतसँग कुरा राखेको उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .