राजनीति


लोकसेवा विज्ञापन विवादः सर्वाेच्चबाट आज आउला त आदेश?

लोकसेवा विज्ञापन विवादः सर्वाेच्चबाट आज आउला त आदेश?

नेपालखबर
असार १६, २०७६ सोमबार ३:५७,

लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापन समावेशी नभएको भन्दै परेका ५ मुद्दाको सुनुवाइ आज (सोमबार) पनि जारी रहने भएको छ।

आइतबार (हिजाे) बहस नसकिएकाले सोमबारका लागि पेसी तोक्दै ‘हेर्दा हेर्दै’ मा राखिएको हो।

न्यायाधीश हरिकृष्ण कार्की र डा आन्दनमोहन भट्टराईको संयुक्त इजलासमा हिजाे सुनुवाइ भएको रिटमा आज पनि बहस जारी रहने भएकाे हाे। 

बहस सकेर आजै आदेश आउने सम्भावना रहेको सर्वाेच्च अदालत स्रोतको दाबी छ।

आयोगले गत जेठ १५ गते ९ हजार १६१ पदका लागि आह्वान गरेको विज्ञापन संविधानले आत्मसात् गरेको समावेशी सिद्धान्तअनुसार नभएको दाबी गर्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर, राजाराम घिमिरेले छुट्टाछुट्टै र स्थानीय तहमा करार तथा अस्थायीमा कार्यरत १ सय २१ जना कर्मचारीका तर्फबाट जनबहादुर बुढाले रिट दायर गरेका छन्।

निवेदनमा लोकसेवा आयोग कार्य सञ्चालन निर्देशिका २०६७ को दफा ११ (३०) बमोजिम समानुपातिक समावेशी सिद्धान्तअनुरुप प्रतिशतको आधारमा परिगणना गरी तथा प्रदेश लोकसेवा आयोगको क्षेत्राधिकार उल्लङ्घन नहुने गरी विज्ञापन निकाल्न माग गरिएको छ।

यसअघि बुधबार कार्की र भट्टराईकै इजलासले विपक्षी बनाइएको संसदको राज्य व्यवस्था समितिलाई सूचना नपुगेकाले पु¥याउन आदेश दिएर आइताबरका लागि पेसी तोकिएको थियो। समितिले विज्ञापन समावेशी नभएको भन्दै खारेज गर्न निर्देशन दिए पनि सरकारले अस्वीकार गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विज्ञापन समावेशी सिद्धान्तअनुसारै भएकाे दाबी जिकिर गर्दै  आएका छन् ।

दोब्बर दस्तुर तिरेर लाेकसेवामा आवेदन दिने समय मंगलबारसम्म तोकिएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad