राजनीति


सत्ता सहकार्यको भागबन्डा मिलाउन चार सदस्यीय कार्यदल

सिनियर नेताले दोस्रो चरणमा शपथ लिने
सत्ता सहकार्यको भागबन्डा मिलाउन चार सदस्यीय कार्यदल

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन २१, २०८० सोमबार १४:३२, काठमाडौँ

सोमबार पुनर्जीवित भएको नेकपा एमालेसहितको नयाँ गठबन्धनले सत्ताको भागबन्डाका लागि ४ सदस्यीय कार्यदल बनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बालुवाटार बैठकले उक्त कार्यदल बनाएको हो। 

यो कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन अनन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन्।

चार सदस्यीय यो कार्यदलले नयाँ गठबन्धनमा आन्तरिक छलफल गरेर शक्ति बाँडफाँटको समेत टुंगो गर्नेछ।

त्यस्तै मन्त्रालय भागबन्डासहितका विषयमा लागि यो कार्यदलले नयाँ गठबन्धनका सबै दलसँग पहल गर्ने बताइएको छ। 

यो कार्यदलले मन्त्रालयको बाँडफाँट गरेर त्यहीअनुसार सत्ता सहकार्य अघि बढाउने गरी शीर्ष नेताहरूमा प्रतिवेदन दिने भएको छ।

एमालेसहितको गठबन्धन फर्कि‌एपछि सोमबार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्रीको शपथ लिने भएका छन्। 

कार्यदलमा रहेका यी चारैजना नेताहरू पनि नयाँ गठबन्धनबाट मन्त्रीका दाबेदार हुन्। पौडेल र पुनमध्ये एकजना अर्थमन्त्री हुने निश्चित छ।

उता रास्वपा सभापति लामिछानेले फेरि गृहमन्त्रालयमा दाबी गरेका छन्। यसबारे टुंगो गर्ने जिम्मा प्रचण्डले ओलीलाई दिएका छन्। 

कार्यदलमा रहेकासहित केही सिनियर नेताहरूले भने दोस्रो चरणमा मन्त्रीको शपथ लिने भएका छन्। कार्यदलको जिम्मेवारी पूरा गरिसकेपछि मात्रै अर्को चरणमा उनीहरूले मन्त्रीको जिम्मेवारी सम्हाल्ने एक नेताले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .