ad ad

राजनीति


रेमिटेन्स आयो भनेर खुसी हुने अवस्था छैन, देश वृद्धाश्रम बन्ने खतरा छ : गृहमन्त्री

रेमिटेन्स आयो भनेर खुसी हुने अवस्था छैन, देश वृद्धाश्रम बन्ने खतरा छ : गृहमन्त्री

नेपालखबर
फागुन २०, २०८० आइतबार ६:५८, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश वृद्धाश्रम बन्ने खतरा रहेको बताएका छन्। 

गोरखा पत्रकार समाजका पदाधिकारीसँगको भेटमा उनले देशका युवा जनशक्ति विदेसिने र उतै पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको श्रेष्ठले बताए। ‘हामी रेमिटेन्स आयो भनेर खुसी हुने अवस्था छैन,’ गृहमन्त्री श्रेष्ठले भने, ‘युवा जनशक्ति पलायनको कारण देश वृद्धाश्रम बन्ने खतरा छ।’

उनले सरकारले सुशासनको पक्षमा थप नयाँ ढंगले काम गरिरहेको दाबी गरे। भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने पनि उनले बताए। 

राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा रहेको चर्चा गर्दै उनले व्यवस्थाविरुद्ध उठेका आवाजसँग सचेत हुन आवश्यक रहेकोमा जोड दिए।  

‘व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तरमा परिवर्तन आउन सकेको छैन। विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले जनतामा निराशा छाएको छ’, उनले भने, ‘हामी सामाजिक न्यायको क्षेत्रमा काम गरेर जनताले त्यसको अनुभूत गर्ने गरी काम गर्दैछौँ।’

उनले युवाहरू दुर्वेसनीकाे सिकार हुने क्रम बढेकोले सरकारले अब देशैभर हरेक पालिकामा  रिह्याब सेन्टर  खोल्ने अभियान  चलाउने तयारी गरेको जानकारी दिए।
 
शान्ति प्रक्रियालाई निष्कर्षमा  पुर्याउन सरकार प्रयत्नशील रहेको भन्दै उनले पीडितलाई न्याय हुने गरी नै टीआरसी विधेयक पास गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .