ad ad

राजनीति


संसद् छलेको आरोपपछि प्रधानमन्त्रीको पत्र : सोमबार सम्बोधन गर्छु

संसद् छलेको आरोपपछि प्रधानमन्त्रीको पत्र :  सोमबार सम्बोधन गर्छु

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १४:४९, काठमाडौँ

संसद् छलेको भन्दै नेकपा एमालेसहितका प्रतिपक्षी सांसदरहरूले चर्को आलोचना गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सोमबार सम्बोधन गर्ने बताएका छन्।

गत पुस १३ गते भएको बालकुमारी घटनासहित विवादमा परेका मन्त्रीहरूबारे सांसदहरूले जवाफ मागिरहेका बेला प्रधानमन्त्री बिहीबार नै चितवन पुगेका छन्।

भरतपुर भ्रमण वर्षमा सहभागी हुन गएका प्रधानमन्त्रीले शुक्रबार पनि संसद् छलेको भन्दै आलोचना भएपछि पत्र पठाउँदै सोमबार सम्बोधन गर्ने बताएका हुन्। 

‘आज प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यक्रम रहेकोमा उहाँ काम विषेशले काठमाडौं उपत्यकाबाहिर रहनु भएको हुँदा फागुन २१ गते सम्बोधन गर्ने गरी व्यवस्था गरिदिनहुन अनुरोध गर्दछु’, प्रधानमन्त्रीको सचिवालयले शुक्रबार भनेको छ। 

सांसदहरूले सरकारको जवाफ मागिरहँदा सभामुख देवराज घिमिरेले पाँचौँ पटक यसबारे रुलिङ गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .