राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार भरतपुर महानगरपालिकाको भ्रमण वर्ष–२०२४ को उद्घाटन समारोहमा देखिएको दृश्य विरैलै देख्न पाइने बताएका छन्।
देशका पूर्व र वर्तमान प्रधानमन्त्रीको उपस्थितिमा भएको कार्यक्रमको मञ्चमा देखिएको दृश्य कर्म देखिनेमध्येको एक भएको उनले बताए।
‘देशका शीर्ष नेताहरू एउटै मञ्चमा। यो दृश्य नेपाली जनताले देखिनेभन्दा कमको दृश्य हो,’ उनले भने।
साथै, उनले यो मञ्च जति शक्तिशालि देखिन्छ त्यो भन्दा ठूलो शक्ति जनतामा रहेको पनि बताए।
उनले सर्वसाधारणलाई सम्बोधन गर्दै भने, ‘त्यहाँबाट हेर्दा यो मञ्च पावरफुल देखिन्छ। देशका पूर्व र वर्तमान मात्रै होइन सम्भवत भविष्यका प्रधानमन्त्री पनि यही मञ्चमा। यहाँ शक्ति देखिन्छ, तर त्यहाँको शक्ति ठूलो छ।’
साथै, उनले भरतपूर महानगरपालिकाकी मेयर रेनु दाहालले गरेको कामको प्रशंसा यसअघि पनि गरेको र अब पनि गर्ने बताए।
‘मेयरसाबले गरेका कामको प्रशंसा मैले यस अघिबाटै गर्दै आएको हो, उनले भने, ‘भरतपूर भ्रमणका लागि आह्वान गर्न चाहन्छु।’
महानगरले गर्ने कुनैपनि साथ र सहयोगका लागि आफ्नो व्यक्तिगत तर्फबाट तयार रहेको पनि उनले बताए।
Shares

प्रतिक्रिया