ad ad

राजनीति


विराजभक्तले भने : संसद्‍मा गणपूरक संख्या पुर्‍याउन नसक्नेले सरकार कसरी चलाउँछ?

विराजभक्तले भने : संसद्‍मा गणपूरक संख्या पुर्‍याउन नसक्नेले सरकार कसरी चलाउँछ?

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८० शुक्रबार १३:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसद्मा गणपूरक संख्या पुर्‍याउन नसक्नेले सरकार पनि राम्ररी चलाउन नसक्ने बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले प्रतिपक्षीका कारण सदन रोकियो भनेर सत्तापक्ष भाग्न नपाउने बताए। उनले प्रतिपक्षीका कारण सदन नरोकिएको प्रष्टिकरण पनि दिए।

‘पार्टी देशको लागि कि देश पार्टीका लागि पहिले यो कुरा प्रष्ट हुनुपर्छ। संसद् चल्ने भनेको सत्तापक्षको बहुमतले हो। उहाँहरूले विधेयक ल्याएपछि सदन चलाउने दायित्व पनि उहाँहरूकै हो', उनले भने, 'के गठबन्धनमा प्वाल परेको हो? हामी प्रतिपक्षी दलका सांसदहरू सरकारलाई पूरा साथ दिने कोसिसमा छौँ। संसद्ले दिएको क्यालेण्डर सत्ता पक्षसँग नभए हामी उपलब्ध गराइदिन्छौँ।'

सत्ता पक्षको महासमिति बैठक भइरहँदा कार्यव्यवस्था परामर्श समिति जोकर संस्था हो र? भनेर उनले प्रश्न गरे। 'सत्तापक्षको सरकार हो। प्रतपक्षको सदन हो, सरकारले हेक्का राखोस्’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .