राजनीति


कांग्रेस सुनसरी सभापति भन्छन् : माओवादीलाई नबिच्काऊँ, एमालेलाई कमजोर बनाऊँ

कांग्रेस सुनसरी सभापति भन्छन् : माओवादीलाई नबिच्काऊँ, एमालेलाई कमजोर बनाऊँ

फाइल तस्बिर


नेपालखबर
फागुन ९, २०८० बुधबार १४:३५, काठमाडौँ

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति केदार भण्डारीले गठबन्धन दल नेकपा माओवादी केन्द्रलाई बिच्काउन नहुने बताएका छन्।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको सामूहिक छलफलका क्रममा उनले बरु नेकपा एमालेलाई अझै कमजोर बनाउनुपर्ने बताएका छन्।

सभापति भण्डारीले आफ्नो मान्छे परे गठबन्धन ठिक नपरे बेठिक भन्ने परिपाटी अन्त्य गरिनुपर्ने पनि बताए। उनले कोसीमा कांग्रेसले गठबन्धन गरेर गल्ती नगरेको पनि जिकिर गरे।

भण्डारीले अझै पनि एमालेलाई कमजोर बनाउँदै लानुपर्नेमा जोड दिएका छन्। 'एमालेलाई कमजोर पार्न सक्नुपर्छ। माओवादीलाई धेरै विच्काउनु हुन्न। गठबन्धन तलमाथि नबनोस्', उनले भने, 'गठबन्धन गर्ने कुरा अहिले यहाँबाट गर्न हुन्न।'

उनले कांग्रेसले धेरै कुरामा जिल्लालाई बाइपास गरेको देखिएको बताए। 'सभापतिले जिल्ला समितिमा संस्थागत छलफल गरेर आउनुपर्छ। जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दुखेको हुन्छ', उनले भने।

भण्डारीले कोसी प्रदेशको नामाकरणको विषयमा पनि महासमितिले स्पष्ट पारेर जान सक्नुपर्ने बताए। यदि त्यसो भएमा कोसीमा सहज वातावरण बनाउन सकिने पनि भण्डारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .