राजनीति


कांग्रेसलाई दीपशिखाको कटाक्ष : हाम्रो काँध चढेर बढेको कद चुमुकचुमुक गर्दा घट्ला

कांग्रेसलाई दीपशिखाको कटाक्ष : हाम्रो काँध चढेर बढेको कद चुमुकचुमुक गर्दा घट्ला

फाइल तस्बिर


नेपालखबर
फागुन ८, २०८० मंगलबार २२:२५, काठमाडौँ

गठबन्धन गरेर चुनावमा जाने परिपाटीविरूद्ध नेपाल कांग्रेसमा मत बलियो भइरहेका बेला उसका सहयात्रीहरूलाई तनाव भएको छ।

कांग्रेसको महासमिति बैठकमा खासगरी महामन्त्री गगनकुमार थापाले चुनावमा गठबन्धन गर्ने प्रवृत्तिविरूद्ध सांगठनिक प्रतिवेदनमै उल्लेख गरेपछि खासगरी नेकपा माओवादी केन्द्र रुष्ट बनेको छ।

महामन्त्री थापाले सभापति शेरबहादुर देउवाको तीव्र दबाबबीच आगामी चुनावमा कांग्रेस एक्लै लड्ने प्रस्ताव महासमिति बैठकमा लगेको कुरालाई मनओवादीका एक नेताले चुमुकचुमुकको संज्ञा दिएका छन्। 

माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले गोदावरीमा कांग्रेसका नेताहरू चुमुकचुमुक गरिरहेको बताएका छन्।

महासमितिमा गठबन्धनविरोधी धारणा बलियो बनिरहेका बेला माओवादी नेता सापकोटाले आफूहरूको काँधबाट झरेको दिन कांग्रेसको उचाइ घट्ने बताएका हुन्।

'गोदावरीतिर चुमुकचुमुक गरिरहेका साथीहरूले बेलैमा बुझुन्, हाम्रो काँध चडेर तिम्रो कद उँचो भएको हो, छोडेको दिन पुड्को हुनु पर्छ', गठबन्धन नछाड्न चेतावनीसहित उनले मंगलबार भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .