ad ad

राजनीति


‘बारीको ढिकका छाउगोठ भत्काएर के गर्नु? स्वस्थानीका पाना च्यातौं’

‘बारीको ढिकका छाउगोठ भत्काएर के गर्नु? स्वस्थानीका पाना च्यातौं’

नेपालखबर
माघ २८, २०७६ मंगलबार १०:८,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्यात्न माग गरेकी छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले छाउपडी जस्तो संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रत कथा र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्याउनुपर्ने माग गरेकी हुन्।

‘बारिका ढिकमा भएका छागगोठ भत्काएर मात्रै के गर्नु मानिसका मनमस्तिष्कमा भएका छाउगोठ भत्काउनु जरुरी छ’ उनले भनिन्, ‘छाउ जस्ता परम्परा र संस्कारलाई मजबुत पार्ने स्वस्थानी ब्रकतकथा र ऋषिपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सकोस्।’ उनले यसतर्फ सभामुखमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराइन्।

उनले सरकारले चलाएको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य रहेको बताइन्। उनले यस्ता कुरीति हटाउन देशको हरेक क्षेत्रबाट सबैको उतिकै खाँचो रहेको पनि बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .