ad ad

कारोबार


प्रम ओलीको हातबाट व्यवसायी ढकाललाई १ साताभित्र २ सम्मान

प्रम ओलीको हातबाट व्यवसायी ढकाललाई १ साताभित्र २ सम्मान

नेपालखबर
माघ २८, २०७६ मंगलबार १०:९,

आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले एक साताभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट दुईवटा सम्मान थापेका छन्।

व्यवसायी ढकालले मंगलबार महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)को सम्मान प्राप्त गरेका हुन्। काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन्।

यसअघि गत शुक्रबार पनि ढकालले प्रम ओलीकै हातबाट एसियाली व्यवस्थापन संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ मेनेजमेन्ट अर्गनाइजेसन र नेपाल व्यवस्थापन संघले आयोजना गरेको कार्यक्रममा एसियन लिडरसिप अवार्ड हात पारेका थिए।

बैंकिङ्ग प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याई मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उनलाई सीआईपी सम्मान प्रदान गरेको हो।

ढकाल यसअघि सन् २०१४ मा पनि उक्त सम्मानबाट सम्मानित भएका थिए। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालको बैंक, वित्त तथा अन्य सेवामूलक क्षेत्रमा लगानी रहेको छ । केन्द्रले ढकाललगायत २५ जना विभिन्न व्यक्तित्वहरुलाई उक्त सम्मान प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .