ad ad

राजनीति


सरकारलाई सांसद डाँगीको प्रश्न–हामीले उठाएका प्रश्नको जवाफ कहिले पाइन्छ?

सरकारलाई सांसद डाँगीको प्रश्न–हामीले उठाएका प्रश्नको जवाफ कहिले पाइन्छ?

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन ६, २०८० आइतबार १२:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले संसद्मा राखेका प्रश्नहरूको जवाफ पाउने व्यवस्था मिलाउन माग गरेकी छन्।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले जवाफ कहिले पाइन्छ? भन्दै प्रश्न गरेकी हुन्। 

‘सांसदहरूले हरेक शून्य र विशेष समयमा जनताका मुद्दाहरू राख्दै आउँछन्। तर, सरकारबाट कहिल्यै जवाफ आउँदैनन्। सांसदले संसद्मा उठाएका प्रश्न संसद् सचिवालयबाट सम्बन्धित मन्त्रालय र निकायमा पठाएर जवाफ आउने व्यवस्था गर्न आवश्यक छ,’ उनले भनिन्। 

त्यसरी सरकारबाट जवाफ नआउँदा बोल्नकै लागि बोलेजस्तो मात्रै भएको बताइन्। 

‘शून्य समय र विशेष समयमा बोल्ने र यसको जवाफ नआउने हुँदा सदनमा पनि बोल्नकै लागि बोल्नेजस्तो मात्रै कहिलेसम्म गर्ने? हामीले उठाएको प्रश्नको जवाफ कहिलेबाट हुन्छ?,’ उनले भनिन्।

त्यस्तै, उनले देशका पूर्वाधार विकास आयोजनामा जग्गा मुआब्जा निर्धारण र प्राप्तिको विषयमा एकरुपता नभएको भन्दै आपत्ति जनाइन्। 

‘देशभरका पूर्वाधार विकासका आयोजनामा जग्गा मुआब्जा निर्धारण र प्राप्तिको विषयमा एकरुपता छैन। जग्गाको कारण अधिकांश नेपालका पूर्वाधारका आयोजनाहरू भद्रगोल अवस्थामा छन्। रोक्का गरिएको जग्गा उपभोग गर्न पाइँदैन, तर सरकारलाई कर भने तिर्न बाध्य छन्। यस्ता समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .