राजनीति


एमालेपछि रास्वपाले माग्यो भौतिकमन्त्री ज्वालाको राजीनामा

एमालेपछि रास्वपाले माग्यो भौतिकमन्त्री ज्वालाको राजीनामा

फाइल तस्बिर


नेपालखबर
फागुन ६, २०८० आइतबार ११:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय माग्दै दोषी देखिँदा पनि मन्त्री ज्वालाले राजीनामा नदिएको भन्दै सभापति रवि लामिछानेले आपत्ति जनाए। 

‘देशमा रोजगारीको अवसर नपाएर विदेश जान्छु भनेका दुई युवाको गोली हानी हत्या गरियो। १० लाख दिएर सरकार चुप बस्यो,’ उनले भने, ‘छानबिन समितिले भौतिकमन्त्री नै दोषी देखिएको स्पष्ट पार्यो। यो स्पष्ट भइसक्दा पनि न सम्बन्धित मन्त्रीले आफ्नो नैतिकताको प्रदर्शन गर्नुभएको छ। न सरकार, न प्रधानमन्त्रीले कुनै छनक देखाउनुभएको छ।’

साथै, उनले सरकारकै छानबिन समितिले दोषी देखाउद्या पनि मन्त्री ज्वालालाई भाषण गर्दै हिँड्ने नैतिकता कहाँबाट आउँछ? भन्दै प्रश्न गरे। 

‘छानबिन आयोगले दोषी देखाउँदा देखाउँदै पनि अन्य विषयमा भाषण दिँदै जाने नैतिकता कहाँ बाट आउँछ?,’ सभापतिल लामिछानेले भने,‘सरकार प्रमाण नभेटेकाहरूलाई जसरी पनि खोज भनेर लागिरहने, छताछुल्ल प्रमाण भएकालाई वरपर लिएर हिँड्ने हो भने विधिको शासनको कुरा नगरे पनि हुन्छ।’

नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउने आधार नबन्न पनि उनले सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .