ad ad

कला


'गंगालाल' को मञ्चन अवधि थपियो

'गंगालाल' को मञ्चन अवधि थपियो

नेपालखबर
माघ २९, २०८० सोमबार १३:३१, काठमाडौँ

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा माघ १९ शुक्रबारदेखि मञ्चन भइरहेको नाटक ‘गंगालाल’ फागुन ५ सम्म हेर्न पाइने भएको छ।

माघ २९ सम्म मञ्चन हुने भनिएको नाटकमा दर्शक बढिरहेकाले फागुन ५ गतेसम्म थपिएको निर्देशक तथा लेखक चे शंकरले जानकारी दिए। 

सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित यो नाटक गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको हो।

नाटकमा सहिद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरको दाबी छ। 

वि.सं १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनाहरुलाई आधार मानी नाटकको कल्पना गरिएको हो।

नाटकमा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र  कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिएका छन्। 

यस नाटक स्कुलका विद्यार्थी , शिक्षक , राजनीतिज्ञ, लेखक र कलाकारहरुले गंगालाललाइ फरक पाटोबाट चिन्न हेर्नु पर्ने लेखकरनिर्देशक चे बताउँछन्।  

सहिद दिवसको सन्दर्भ पारेर यस नाटकलाई गत माघ १६ गते नाचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन गरिएको थियो।

नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक पछल्दंग्या, सन्दीप डंगोल, प्रदीप कुमार चौधरी,  निरज दाहाल, विश्वास मानन्धर,  ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .